आज कहाँ–कहाँ छ बाढीको सम्भावना ?


९ असार २०७८, बुधबार
duban
फाइल फोटो

काठमाडौं, ९ असार । आज (बुधबार) पनि देशका अधिकांश स्थानमा भारी वर्षको सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी वर्षा जारी रहेकाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ । कतिपय स्थानमा धनजन क्षति समेत भइसकेको छ ।

यसैले बाढी पूर्वानुमान महाशाखाले नियमित रूपमा कहाँ कहाँ बाढीको जोखिम छ भनेर सूचना दिने गरेको छ । यसै क्रममा महाशाखाले आज (बुधबार) बिहान भनेको छ : आज कन्काई, कोसी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाई राखौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७