अमेरिकामा १२ तले आवासीय भवन भत्किँदा एक जनाको ज्यान गयो, ९९ बेपत्ता


११ असार २०७८, शुक्रबार
building collapse HPAUwNHTKO

काठमाडौं, ११ असार । अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ३५ जनाको उद्धार भएको छ ।
फ्लोरिडाको मायामी शहरमा १२ तलाको एक आवासीय भवन भत्किएको हो ।

भवन भत्किनुको कारण भने खुलेको छैन । भवन भत्किँदा त्यहाँ कति जना थिए भन्ने बारे खुलेको छैन । भवनमा बस्दै आएकामध्ये ९९ जना हराइरहेका बीबीसीले जनाएको छ ।

त्यहाँ उद्धारको काम भइरहेको छ । सन् १९८० मा बनेको यो भवनमा २ सय ३० वटा फ्ल्याट छन् । यसमध्ये आधाजसो भागमा असर परेको खबरमा उल्लेख गरिएको छ । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७