सुतिरहेका बाबुलाई ढुङ्गाले हानेर हत्या


१३ असार २०७८, आईतवार
dhunga le hanera hatya
सांकेतिक तस्विर

विराटनगर, १३ असार । मोरङमा आफ्नै बाबुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले मदिराको नशामा ढुङ्गाले हानेर बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले घरायसी विवादमा बाबु सुतिरहेको स्थानमा पुगेर ढुङ्गाले हानेको अनुसन्धानबाट खुलेको जानकारी दिए । घटनामा गम्भीर घाइते भएका टिनताललाई उपचारार्थ कोसी अस्पताल विराटनगर ल्याइएको थियो । त्यहाँबाट सुविधा सम्पन्न अस्पतालमा रेफर गरिए पनि उनलाई घरमै लगेर राखिएकोमा आइतबार बिहान साढे ५ बजेतिर मृत्यु भएको बताइएको छ ।

कोशीले सुविधासम्पन्न अस्पताल लैजान रेफर गरेको तर कमजोर आर्थिक अवस्थाका कारण लैजान नसकी घर लगेर राख्दा त्यहीं मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दयालुमाथि कर्तव्य ज्यान मुद्दा चलाउन प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७