संसदबाट सरकार नजन्मिँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन : वरिष्ठ अधिवक्ता ज्ञवाली


१३ असार २०७८, आईतवार
chandrakanta gyawali

काठमाडौं, १३ असार । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले राष्ट्रपति र प्रधानमन्त्रीले गम्भीर संविधान उल्लंघन गरेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथिको बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता ज्ञवालीले संविधानअनुसार संसद्बाट सरकार नजन्मिदाँसम्म संसद् विघटन नहुने तर्क पेस गरेका छन् ।

‘केपी शर्मा ओली ७६ (३) को प्रधानमन्त्री हो’, उनले भने, ‘उहाँ ७६ (५) को प्रधानमन्त्री बन्नु भएकै छैन । उहाँले कसरी विघटन गर्न सक्नु हुन्छ ?’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने नियुक्त हुन नसकेमा वा विश्वासको मत नपाएमा भन्ने रहेको छ नि ? भनी प्रश्न गरेका थिए ।

त्यसको जवाफ दिंदै वरिष्ठ अधिवक्ता ज्ञवालीले भने, ‘विघटन हुन संसदमा परीक्षण हुनुपर्छ । त्यो प्रक्रियामा जम्प गर्ने अधिकार छैन । राष्ट्रपतिबाट गम्भीर त्रुटि भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७