माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने


२९ असार २०७८, मंगलवार
Mao

काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछिको अवस्थाबारे छलफल गर्न आज (मंगलबार) स्थायी समितिको बैठक बोलाएको छ ।

वैठक अहिले बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहभागी हुने नेताहरूबारे पनि निर्णय गर्ने सम्भावना छ ।

आजबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन् ।

राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार आज साँझ ५ बजे देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनः स्थापना गर्दै देउवालाई आज (मंगलबार) साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्ति दिन परमादेश जारी गरेको हो । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७