भारतमा चार महिनायताकै कम संख्यामा कोरोना संक्रमण


६ श्रावण २०७८, बुधबार
korona india 2

काठमाडौं, ६ साउन । भारतमा चार महिनायताकै कम संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३० हजार ९३ जनामा कोरोना सङक्रमण पुष्टि भएको र यो १२५ दिनमा सबैभन्दा कम भएको भारतको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले कुल सङ्क्रमितको संख्या तीन करोड ११ लाख नाघेको छ । भारतमा चार लाख ६ हजार सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४५ हजारको सङ्क्रमित निको भएका छन् । योसहित तीन करोड ३ लाख ५३ हजार व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म चार लाख १४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । गएको जनवरी १६ देखि भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान चलिहरको छ । अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार खोप प्रयोग भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७