विधान महाधिवेशनको दस्तावेज तयारीबारे ओलीसहितका नेता छलफलमा


२२ श्रावण २०७८, शुक्रबार
kp oli

काठमाडौं, २२ साउन । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजका विषयमा आज (शुक्रबार) अनौपचारिक छलफल गर्दैैछ । आज च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजका विषयमा छलफल हुने कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘विधान महाधिवेशनमा पेश गर्ने दस्तावेजको छलफल हो । आजको छलफलमा अध्यक्षसँगै स्थायी कमिटी सदस्यहरु र केही केन्द्रीय सदस्यहरु पनि रहनु हुनेछ’, उनले भने ।

एमालेले आउँदो भदौ २७ र २८ गते काठमाडौंमा विधान महाधिवेशन गर्दैैछ । साउन १७ गते बसेको स्थायी कमिटी बैठकले महाधिवेशनमा तयार गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न ओली र संगठनात्मक दस्तावेज तयार गर्न महासचिव ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७