देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


२५ श्रावण २०७८, सोमबार
rain

काठमाडौं, २५ साउन । आज (सोमबार) पनि देशका धेरै स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसमविदले बताएका छन् । जसका कारण केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ यस क्रममा प्रदेश–१ , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ । यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । आज (सोमबार) बिहान ६ बजे प्रकाशित चेतावनीमा भनिएको छ– देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश–१, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७