लुम्बिनी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले गरे तोडफोड


२६ श्रावण २०७८, मंगलवार
lumbini campust student attack 2 hYF6NO1MBK

बुटवल, २६ साउन । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा सत्ता पक्षीय विद्यार्थी संगठनले मंगलबार बिहान तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र अखिल (छैटौं) सम्वद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा तोडफोड गरेका हुन् ।

तोडफोडपछि विद्यार्थी संगठनले निकालेको संयुक्त विज्ञप्तिमा एमबीएस प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ’अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबिए–बीएफको प्रवेश परीक्षा फारम खुलाएले क्याम्पस प्रशासनमा तोडफोड गरिएको जनाएका छन् ।

‘लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलनरत थियो’, उनीहरुले भनेका छन्, तर त्यसलाई बेवास्ता गर्दै अटोनोमस अन्तर्गतका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेश परीक्षा फारम खुलाएपछि विद्यार्थीले क्याम्पस प्रशासनमा तोडफोड गरिएको हो ।’

क्याम्पसमा भएको क्षतिको जिम्मेवार सञ्चालक समिति हुने जिकिर विद्यार्थीहरुले गरेका छन् । क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले पुरानो भवनका लेखा र परीक्षा शाखामा विद्यार्थीहरुले तोडफोड गरेको बताए । विद्यार्थीहरुले त्यहाँस्थित कम्प्युटर र कुर्सी तोडफोड गर्नुका साथै कागजात पनि च्यातिदिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७