उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत हुँ’ भन्दै ठगी गरेको आरोपमा पक्राउ


२७ श्रावण २०७८, बुधबार
Crime1628682923

काठमाडौं, २७ साउन । उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत हुँ’ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्दै आएका २६ वर्षीय कुशल भट्ट भनिने केशवराज भट्ट रहेका छन् ।

उनलाई कलंकीको स्युचाटारबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत हुँ’ भनेर विभिन्न व्यक्तिहरूलाई अनेक बहानामा ठगी गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार भट्टले यसअघि साइबर क्राइम र ठगी मुद्दामा एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तानी गरिसकेका छन् । भट्टले कतिपयलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको ‘सह–सचिव हुँ’ भनेर समेत ठगी गर्ने गरेको प्रहरीको दाबी छ । उनीबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७