धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या


१३ भाद्र २०७८, आईतवार
Murder hatya2019 11 14 08 59 03jpeg J60wBFIlgo

दाङ, १३ भदौं । दाङको तुलसीपुरमा एक महिलाले धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले आफ्ना ७८ वर्षीय श्रीमान् खेमलाल पुरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार गए राति २ बजेतिर उक्त घटना भएको हो । धारिलो हतियार तथा दाउरा प्रयोग गरी हत्या गर्ने देवीकुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेको उनले बयान दिएकी छिन् । घरायसी विवादका कारण घटना भएको भनिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७