गच्छदार निकट कपिलेश्वर यादव नेविसंघको महामन्त्री मनोनित


२० भाद्र २०७८, आईतवार
kapileshwor yadav 8wHzSbHWCR

काठमाडौं, २० भदौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् ।

१४ औं महाधिवेशन शुरु भइसकेको अवस्थामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार यादवलाई देउवाले नेविसंघको महामन्त्री नियुक्त गरेका हुन् ।

सुनसरीका विद्यार्थी नेता यादवलाई नेविसंघको केन्द्रीय तदर्थ कार्य समितिको महामन्त्री पदमा नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७