बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक


१४ आश्विन २०७८, बिहीबार
pilot aangelu22 yjnt1QoCnX

काठमाडौं, १४ असोज । नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ । घटनाको छानविन प्रतिवेदन नआउञ्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनले भने, ‘घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । यो नियमित पक्रिया हो ।’

गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरिएको थियो । सो विमान पाइलट आङ्गेलु शेर्पाले उडाएका थिए । विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो ।

बुद्ध एयरको नाइन एन–एएनआइ कल साइन भएको जहाजमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए । सोमबार बिहान ८ः३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो । विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुनः काठमाडौं फर्काइएको थियो । सो विमानमा ७३ यात्रु सवारी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७