थप २० अर्ब रुपैयाँ रिपोमार्फत बजार पठाउँदै राष्ट्र बैंक


२० आश्विन २०७८, बुधबार
bank 1

काठमाडौं, २० असोज । नेपाल राष्ट्र बैंकले आज (बुधबार) थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । पछिल्लो समय बजारमा तरलता (लगानी योग्य रकम) को अभाव देखिरहेका बेला थप समस्या पर्न नदिन बैंकले रिपो मार्फत छोटो अवधिका लागि बैंकहरुलाई सापटी दिन लागेको हो ।

सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि थप २० करोड रुपैंयाँ बजार पठाउन लागिएको बैंकले जनाएको छ । उक्त रिपो बुधबार दिउँसो ३ बजे खुल्ला हुनेछ । त्यसो त केही दिनअघि मात्रै बैंकले तरलता व्यवस्थापनकै लागि भन्दै ३० अर्ब रुपैयाँ बजार पठाएको थियो ।

हाल बैंकिङ क्षेत्रमा २१ अर्ब रुपैयाँ तरलता मौज्दात रहेको छ । आवश्यक पर्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यस रिपोका लागि माग गर्न सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७