मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित


६ कार्तिक २०७८, शनिबार
U 23 Football1634916206

काठमाडौं, ६ कात्तिक । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम इन्डोनेसियाको यू–२३ टिमसँग पराजित भएको छ । एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार नेपाल इन्डोनेसियासँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालले इन्डोनेसियालाई पहिलो हाफमा बराबरीमा रोकेको थियो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको इन्डोनेसियाका लागि सागारा र विटानले एक–एक गोल गरे । खेलको ५५ औं मिनेटमा सागाराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

इन्जुरी समयमा विटानके गोल गर्दै इन्डोनेसियालाई २–० को जित दिलाए । एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७