तालिबानले लगायो अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध


१७ कार्तिक २०७८, बुधबार
thumb 2

काबुल, १७ कात्तिक । तालिबानी सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाएको छ । पहिलेदेखि नै जर्जर बनेको अफगान अर्थतन्त्र पछिल्लो निर्णयले झन खराब हुन सक्ने आंकलन गरिएको छ ।

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले घरेलु कारोबारका विदेशी मुद्राको प्रचलनलाई अवैध घोषणा गरिएको बताए । घरेलु कारोबारमा विदेशी मुद्रा प्रयोग गर्नेलाई कारबाही गरिने पनि उनले बताए ।

‘देशको आर्थिक अवस्था र अन्त हितका लागि रहेका अफगान नागरिकले अफगान मुद्रा नै प्रयोग गर्नुपर्नेछ । इस्लामिक इमिरेट्स सबै नागरिक, पसल र व्यापारीलाई अब लेनदेनमा अफगानी मुद्रा मात्रै प्रयोग गर्न आदेश दिन्छ । विदेशी मुद्राको प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ,’ उनले भने ।

गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अफगानी मुद्रा निकै कमजोर भएको छ । पछिल्लो समय अफगानिस्तानका विभिन्न भागमा कारोबारका लागि अमेरिकी डलरको प्रयोग हुँदै आएको थियो । त्यस्तै पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा पाकिस्तानी रुपयाको प्रयोग हुँदैछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७