कर छल्ने १७ कम्पनीविरुद्ध मुद्दा, दुई अर्ब ३६ करोडको विगो मागदाबी (सूचीसहित)


१७ कार्तिक २०७८, बुधबार
rajaswa anusandhan

काठमाडौं, १७ कात्तिक । राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली विलविजक बनाइ कारोबार गर्ने र राजश्व चुहावट गरेको आरोपमा १७ फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले विभिन्न १७ फर्म तथा कम्पनी विरुद्ध २ अर्ब ३६ करोड विगो मागदाबी, जरिवाना र हदैसम्मको कैद सजाय मागसहित मुद्दा दायर गरेको हो । यी फर्महरूले मालवस्तु खरिद नै नगरी नक्कली झुटा विजकको प्रयोग गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

विभागका अनुसार रौतहटको स्रांगिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरनेशनल, शुभलक्ष्मी इन्टरनेशनल र न्यू महादेव ईन्टरनेशनल विरुद्ध मात्र १ अर्ब ७ करोड मागदाबीसहित मुद्दा दायर गरेको हो । यस्तै महालक्ष्मी ट्रेड कन्सर्नविरुद्ध ७२ करोड १८ लाख मागदाबीसहित विभागले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७