कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा, उद्घाटनमा चार लाख मानिस सहभागी हुने

गोकुल बाँस्कोटाको कटाक्ष : आखिर कांग्रेसको पनि ‘ओलीवेशन’ नै त हुने भएछ


२३ मंसिर २०७८, बिहीबार
congress general convention bjSUo8LzBY

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन उद्घाटनलगायतका कामको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।

आज (बिहीबार) सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले महाधिवेशन उद्घाटनलगायतका कामको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राति १० बजेसम्ममा सकिने बताए ।

Congress munch

संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रीय अधिवेशनतर्फ लाग्नुपरेका कारण काम केही ढिला भएको बताए । उनले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीका शीर्ष नेता र पार्टीका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको बताए ।

उनले पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताए । उनले पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताए ।

संयोजक पुडासैनीले भने, ‘अब हामी तयारीको अन्तिम स्थितिमा पुगेका छौँ । मञ्च तीन चरणमा छ, पहिलोमा सांस्कृतिक सङ्घको कार्यक्रम हुन्छ जहाँ ४० जना कलाकारले एकैसाथ प्रस्तुति दिने गरी व्यवस्था गरेका छौं । मञ्चको दोस्रो चरणमा पार्टीका शीर्ष नेता, अन्य पार्टीका शीर्ष नेता, विदेशी पाहुनालाई राख्नेछौँ । तेस्रोमा पार्टीका केन्द्रीय सदस्यलगायत अन्य अतिथिलाई राख्नेछौं । सर्वसाधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राख्नेछौँ । महाधिवेशनमा साढे तीन लाखदेखि चार लाख जना मानिस सहभागी हुन्छन् ।’ नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन भोलि (शुक्रबार) देखि शुरु हुँदैछ ।

गोकुल बाँस्कोटाको कटाक्ष : आखिर कांग्रेसको पनि ‘ओलीवेशन’ नै त हुने भएछ
नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले भोलि शुक्रबारबाट शुरु हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनप्रति कटाक्ष गरेका छन् ।

gokul baskota

पार्टीको आगामी नेतृत्व हात पार्न कांग्रेसका नेताहरूबीच उम्मेदवारीका विषयमा जारी विवादप्रति एमाले नेता बाँस्कोटाले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन् । खास गरी उनले हालै सम्पन्न एमालेको दशौं महाधिवेशनलाई ‘ओलीवेशन’ भनेर टिप्पणी गर्ने कांग्रेसका नेता गगन थापालाई लक्ष्य गरेर अभिव्यक्ति दिएका हुन् ।

‘तीन दिनयता कांग्रेस नेताहरूको अन्तर्वार्ता र भाषण खुब सुनें । कांग्रेसमा पौडेल र देउवा दुवै पक्षको उम्मेदवारी ओली पदचाप छेक्नका लागि रे’, बाँस्कोटाले भनेका छन्, ‘एमालेको दशौं महाधिवेशन चल्दै गर्दा चितवनमा ओलीवेशन चल्दै छ भन्ने साथीलाई झल्झली सम्झँदै भन्न मन लाग्यो- आखिर, भृकुटीमण्डप पनि ओलीवेशनमय नै त हुने भएछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७