म कुनै गुटमा छैन, दुईटै प्यानलमा मेरो नाम छ : शशांक
काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरु भोट माग्नमा व्यस्त छन् । मतदातालाई आफ्नो पक्षमा पार्न अनेक रणनीति अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आ-आफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।
सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेको छ । तर, शशांकको निजी सचिवालयले भने यसलाई भ्रम भनेको छ । शशांकका स्वकीय सचिव भरत तिवारीले भने, ‘उहाँ (शशांक) को नाम दुवै समूहले राखेका छन् ।’
यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो । शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।