साढे तीन करोडको लगानीमा बन्दीपुरमा फनपार्क सञ्चालन


३ पुष २०७८, शनिबार
fun park

बन्दीपुर । बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।

बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए ।

फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । यस्तै २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । विदेशमा मनोरञ्जनका लागि प्रशस्त स्थानको व्यवस्था गरिए पनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएकाले उक्त संस्कारको विकास गर्न लागिएको अर्का सञ्चालक राजीव श्रेष्ठको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७