संघीयतामा केन्द्र अनुदार : मुख्यमन्त्री पोखरेल


२१ पुष २०७८, बुधबार
krishna chandra nepali pokhrel1623511566

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउँदा संघीयतामाथि प्रश्न चिन्ह उठ्न थालेको बताएका छन् । प्रदेश र स्थानीय तहप्रति केन्द्र सरकार अनुदार बन्दा काममा असहज उत्पन्न भएको उनको भनाइ थियो ।

उनले भने, ‘संघीयता हेर्ने र बुझ्ने पहिलो निकाय प्रदेश भएकाले यसलाई सक्षम बनाउनु पर्छ । तर संघीय सरकार अनुदार बन्दा सोचेजसरी काम गर्न सकिएको छैन ।’

प्रदेशको मुख्य न्यायाधीवक्ताको कार्यालय र प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा बुधबार आयोजित प्रदेशमा कार्यान्वयनमा रहेका कानुनहरुको जानकारीसम्बन्धी गोष्ठीमा मुख्यमन्त्री पोखरेलले संविधानको अनुसूचीले तय गरेको साझा र एकल अधिकार सूचीमासमेत केन्द्रसँग विवाद हुँदा प्रदेशमा कानुन कार्यान्वयनको अवस्था कमजोर हुन पुगेको बताए ।

उनले प्रदेशले ५० वटा कानुन बनाए पनि कार्यान्वयनको अवस्थाको समीक्षा गर्नुपर्ने बताए ।सही रुपमा बजेटको वितरण नभएसम्म संघीयता बलियो नहुने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले अब आवश्यकताअनुसार कानुन बनाउने र हालसम्म निर्माण गरिएको कानुनको कमजोरीबारे पुनरावलोकन थालिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७