इथोपियाको शरणार्थी शिविरमा हवाई, ५६ जनाको मृत्यु


२५ पुष २०७८, आईतवार
Ethipeo

काठमाडौं । इथियोपियाको एक शरणार्थी शिविरमा हवाई हमला हुँदा ५६ जनाको मृत्यु भएको छ । इथियोपियाको उत्तरी क्षेत्रमा रहेको शरणार्थी शिबिरमा भएको हमलामा दर्जनौं घाइते भएका छन् ।

डेडेबिट शहरको एक बिद्यालयमा रहेको शरणार्थी शिविरमा हवाई हमला भएको बताइएको छ । त्यहाँको टिग्रे बिद्रोही समूहले वर्षौदेखि गर्दै आएको आतंकवादी हमलाका कारण वर्षेनी सयोैंको ज्यान जाने गरेको छ । यद्दपी यो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

गत शुक्रबार मात्रै इथियोपिया सरकारले आफ्नो नियन्त्रणमा रहेका टिग्रायन पिपुल्स लिबरेशन फ्रन्टका नेताहरु सहित अन्य उच्च पदस्थ अधिकारीहरुलाई रिहा गर्ने घोषणा गरेको बेला यो हमला भएको हो । इथियोपियामा दशकौंदेखि जारी युद्धका बीच हजारौं पलायन भइसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७