महिलासँगको अवैध सम्बन्ध देखेकी १० वर्षीया बालिकाको हत्या, कुर्मी पक्राउ


१६ माघ २०७८, आईतवार
thumb 12

पर्सा । १० वर्षीया बालिका रिजवाना महतोको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज-१६ बस्ने ४० वर्षीय मोती पटेल भन्ने मोतीलाला कुर्मीलाई पक्राउ गरेको हो ।

वीरगञ्ज-१६ घर भई हाल वीरगञ्ज-१५ मा बस्दै आएका सरोज महतो कुशवाहाकी छोरी रिजवानाको शव पुस २४ गते कन्चनजंघा स्कुल नजिक निर्माणाधीन भवनको उत्तरपट्टिको चेपमा फेला परेको थियो । टाउकोमा ढुङ्गा प्रहार गरिएको अवस्थामा बालिकाको शव फेला परेको थियो ।

कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले बालिकाको हत्या गरेको बताएको छ । उनलाई माघ २ गते वीरगञ्ज १६ इनर्वास्थित नेपाल-भारत सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । एक महिलालसँगको अवैध सम्बन्ध बालिकाले देखेपछि मोतिलालले उक्त सम्बन्ध बाहिरिने डरले अपहरण गरी बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७