एक अर्ब वर्ष पुरानो कालो हिरा ४३ लाख डलरमा बिक्री


२८ माघ २०७८, शुक्रबार
Dimond1644511718

बेलायत । सम्भवत संसारकै सबैभन्दा ठूलो कुँदिएको विश्वास गरिएको एक अर्ब वर्ष पुरानो कालो हिरा ४३ लाख अमेरिकी डलरमा लिलाम भएको छ । अनलाइन लिलाममार्फत ५५५ दशमलब ५५ क्यारेटको र करिब एउटा केराकै जतिको वजन भएको ‘एनिँग्मा’ नामक यो हिरा ४४ लाख डलरमा बिक्री हुनसक्ने पूर्व अनुमान गरिएको थियो ।

लिलाम गृह सोडेविजले खरिदकर्ताले त्यो हिरा क्रिप्टोकरेन्सी प्रयोग गरेर किन्न चाहेको जानकारी दिएको छ । यस हिराको उत्पत्तिबारे विभिन्न कथन रहेका छन् । यो अन्तरीक्षबाट कुनै उल्का पिन्डसँगै पृथ्वीमा आएको हुनुपर्ने पनि बताइन्छ ।

सोडेविजले हिराको खरिदकर्ताको परिचय सार्वजनिक गरेको छैन । तर लिलामपछि रिचर्ड हार्ट नामक क्रिप्टोकरेन्सी उद्यमीले सामाजिक सञ्जालमार्फत आफूले एनिँग्मा किनेको दाबी गरेका थिए । एक लाख ८० हजार जना भन्दा बढी फलोअर भएको आफ्नो ट्वीटरमार्फत उनले पैसा भुक्तानी गर्ना साथ हिरा आफ्नो स्वामित्वमा आएको जानकारी गराएका छन् । साथै उनले यस हिराको नयाँ नाम ‘एचईएक्स डटकम डायमन्ड ’ राख्ने बताएका छन् ।

यो प्राकृतिक हिरा कार्बोनाडो हो । ब्राजिल र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मात्रै कहिलेकाहिँ भेटिने कार्बोनाडो निकै दुर्लभ मानिन्छ । प्रायः काला हिरा २ दशमलब ६ देखि ३ दशमलव २ अर्ब वर्ष पुरानो मानिन्छ । यो युग डाइनोसरस अस्तित्वमा आउनुभन्दा पहिलेको हो । पृथ्वी आफै पनि करिब ४ दशमलव ६५ अर्व वर्ष पुरानो मानिन्छ । वास्तवमा अचेल हिरा प्रयोगशालामा पनि तयार गरिन्छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७