अमेरिकी नागरिकलाई युक्रेन छोड्न बाइडनको आग्रह


२८ माघ २०७८, शुक्रबार
Ukraine Crisis1644560012

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य कारबाहीको बढ्दो खतरालाई उद्धृत गर्दै युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरेका छन् । बाइडनले यदि मस्कोले युक्रेनलाई आक्रमण गरे अमेरिकी नागरिकलाई उद्धार गर्न फौज नपठाउने बताएका छन् ।

‘अमेरिकी नागरिकले अब (युक्रेन) छोड्नु पर्छ’, बाइडनले एनबीसी न्युजसँग भने । उनले त्यस क्षेत्रमा अवस्था छिट्टै भयानक हुनसक्ने चेतावनी दिएका छन् । ‘हामी संसारको सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौं । यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरू छिट्टै भयानक हुन सक्छन् ।’

बिहीबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तनावका बीच दशकौँमा युरोपले सबैभन्दा ठूलो सुरक्षा संकट सामना गरेको बताएका थिए । अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह गरेको छ । अमेरिकाले बिहीबार ‘रुसी सैन्य हमलाको बढ्दो जोखिम देखिएको’ जनाएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७