विप्लवको आरोप : प्रचण्ड-बाबुरामहरूको विचलनले जनयुद्ध अपूर्णतामा टुंगियो


१ फाल्गुन २०७८, आईतवार
netra bikram chan biplap विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड-डा. बाबुराम भट्टराईलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामै टुंगिएको आरोप लगाएका छन् ।

२७ औं जनयुद्ध दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै विप्लवले जनयुद्ध अपूर्ण रहेको गुनासो गरेका हुन् ।

‘श्रमिक जनताले आफ्नो मुक्ति र राष्ट्रिय स्वाधिनताका लागि गरेको ऐतिहासिक विद्रोहले पहिलो पटक जनताको सत्ता, जनताको सेना, जनताको न्यायालय, शिक्षा, स्वास्थ्य, अर्थ सम्बन्धहरू स्थापना गर्न सफल भएको थियो’, विप्लवले आफ्नो वक्तव्यमा भनेका छन्, ‘तर प्रचण्ड-बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामै टुंगियाे। जनयुद्धको अपूणर्ताका कारण नेपाली जनताको पूर्ण मुक्ति एवं नयाँ जनवाद-वैज्ञानिक समाजवाद प्राप्तिको चाहना अधूरै रह्यो ।’

b

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७