एमालेका विभागहरूलाई छिट्टै पूणर्ता दिइने


९ फाल्गुन २०७८, सोमबार
amale 2 1

काठमाडौं । नेपाल एमालेको केन्द्रीय विभागका प्रमुखहरूको बैठकले विभागहरूलाई छिट्टै पूणर्ता दिने भएको छ । ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थितिमा बसेको बैठकले कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने पनि निणर्य गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै महासचिव कमरेड शङ्कर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ-आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए । बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७