बागमतीमा गठबन्धनको बैठक : यसरी बनाइँदैछ चुनावी तालमेलको ‘मोडालिटी’


२० चैत्र २०७८, आईतवार
five party bagmati province Vt9ag0I9aS


हेटौंडा । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको ‘मोडालिटी’ बनाउन बागमतीमा प्रदेश पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ ।

साँझ ५ बजे नयाँ बानेश्वरस्थित होटल इन्द्रेणीमा गठबन्धनमा रहेका पाँचै दलको बैठक बस्न लागेको नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले जानकारी दिएका छन् ।

‘प्रदेशमा चुनावी तालमेलबारे थप निणर्य गर्नका लागि आज हामी बैठक बस्दैछौं,’ बानियाँले भने, ‘आजै गठबन्धनको प्रारम्भिक समझदारी बनाउँछौं ।’ गठबन्धनले प्रदेश-१ मा वडा तहसम्मै स्थानीय चुनावमा तालमेल गरेर जाने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७