जङ्गली च्याउ खाँदा तनहुँमा एकको मृत्यु, १० जना बिरामी


२८ चैत्र २०७८, सोमबार
mosroom

तनहुँ । जङ्गली च्याउ खाँदा तनहुँमा एक जनाको मृत्यु भएको छ । च्याउ खाएर बिरामी भएको म्याग्दे गाउँपालिका-३ धयरेकी ४७ वर्षीया सुनिमाया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यही चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाँदा १० जना बिरामी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७