नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता


२६ बैशाख २०७९, सोमबार
Gaddachauki naka2020 03 22 06 27 56

बारा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ  । निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने  आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार  मातहातका सबै  सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा  निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले जानकारी दिए । यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ ।

सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतकर्ता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल  १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए । पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी  गण मातहात  सुरक्षा बेस,  सीमा सुरक्षा पोष्ट ( बिओपी) र  सीमा निगरानी पोष्ट (एफओवी)  निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशिल रहेका छन्   ।

सुरक्षाकर्मीद्वारा प्रचार सामाग्री हटाइँदै

पर्सा जिल्लाका विभिन्न स्थानमा स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारको प्रचारप्रसारका लागि सार्वजनिकस्थलमा टाँगिएका पोष्टर पम्प्लेट, ब्यानर तथा पार्टीका झण्डा हटाउन थालिएको छ । बिजुलीको पोल, विद्यालय, चोक चौराहालगायत सार्वजनिकस्थलमा निर्वाचन आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री सुरक्षा निकायको टोलीले  हटाउन थालेको हो  ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिकस्थलमा राखिएको निर्वाचन प्रचारसामग्री हटाउने प्रतिबद्धता व्यक्त गरेपनि ती सामग्री उम्मेदवार र दल स्वयंले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सुरू गरेका हुन् ।

क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेदवारले सार्वजनिकस्थलमा राखेका पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने  यस अगाबै प्रतिबद्धता जनाइसकेका थिए ।  तीन लाख ३९ हजार ८३६ मतदातामध्ये  पुरुष एक लाख ९१ हजार ५३७  र  महिला एक लाख ४८ हजार २८३ र अन्य १६ मतदाता रहेका छन् ।     पर्सा जिल्लामा १६७  वटा मतदानस्थल र ४०४  वटा मतदान केन्द्र निर्धारण गरिएको छ  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७