आईपीएल : कोलकाताले मुम्बईलाई ५२ रनले हरायो


२७ बैशाख २०७९, मंगलवार
FSVbmpXaUAAwYLZ YHYH7zov63

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको छ । गए राति भएको खेलमा कोलकाताले दिएको दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै ११३ रन मात्र बनाउन सक्यो ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय पारी खेले । कोलकाताका प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए । जितसँगै कोलकाताले १२ खेल १० अङ्क जोडेको छ । कोलकाता अङ्क तालिकाको सातौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कसहित पुछारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७