४४ हजार १४० मत गन्दा बालेन १६ हजार ८९०, स्थापित नौं हजार २१
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । ४४ हजार १४० मतगणना हुँदा उनले फराकिलो अग्रता कायम राखेका छन् ।
स्वतन्त्र उम्मेदवार साहले १६ हजार ८९० मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार केशव स्थापितले नौं हजार २१ मत प्राप्त गरेका छन् । कांग्रेस उमेदवार सिर्जना सिंहले ८,१२६ मत प्राप्त गरेकी छन् ।