सत्ता गठबन्धनलाई पराजित गर्दै जाजरकोट बारेकोटको अध्यक्षमा एमालेका वीरबहादुर गिरी निर्वाचित


४ जेष्ठ २०७९, बुधबार
Bir Giri

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) का वीरबहादुर गिरी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन् ।

नेकपा (एमाले) जाजरकोटका सचिव गिरी प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष हुन् ।

गिरीले ३९५४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर शाहले ३८४५ मत पाए ।

उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी निर्वाचित भएका छन् ।गिरीले ३६६३ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी गीता सिंहले ३४०१ मत पाइन् ।

बारेकोटमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए ।

बारेकोट गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । एमालेले एक्लै निर्वाचनमा सहभागी भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७