सुनकोसीमा तिमल्सिना, जुगलमा माओवादी-कांग्रेस गठबन्धन विजयी


५ जेष्ठ २०७९, बिहीबार
DipakBohara Tulsipur RSS 04 matganana

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का टपिन्द्रप्रसाद तिमल्सिना विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

तिमल्सिनाले पाँच हजार ९३२ मत पाए । उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्छी लामा पाँच हजार ९०४ मत प्राप्तगरी विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले चार हजार ९७४ मत पाइन् ।

जुगल गाउँपालिकामा माओवादी-कांग्रेस गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भए । स्याङ्वोले पाँच हजार ५७२ र श्रेष्ठले चार हजार ७६८ मत प्राप्त गरे ।

निकटतम् प्रतिद्वन्द्वी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले चार हजार ४०० र उपप्रमुखका निकटतम प्रतिस्पर्धी सुनिता थापा लामाले तीन हजार ७०७ मत पाइन् । पाँचपोखरी गाँउपालिकामा मतगणना जारी रहेको र एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७