भरतपुरमा ७६ हजार मत गन्दा रेनुलाई ५,७३३ मतको अग्रता
चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रतालाई थप बढेको छ । अहिलेसम्म महानगरका १४ वटा वडाको मत गणना भइसकेको छ ।
७६ हजार ९५ मत गणनापछि सार्वजनिक पछिल्लो परिणाम अनुसार रेनुले २९ हजार ४७८ मत ल्याएकी छन् । नेकपा एमालेले विजय सुवेदीले २३ हजार ७४५ मत ल्याई रेनुलाई पछ्याइरहेका छन् । भरतपुरको प्रमुखमा रेनुको अग्रता ५,७३३ छ ।
रेनुको बागी उम्मेदवार बनेका जगन्नाथ अधिकारीले १० हजार ३३४ मत ल्याएका छन् ।
अहिले वडा १५ र १६ को गणना भइरहेको छ । वडा १० देखि अग्रता बढाउँदै लगेकी रेनुले ११, १३ र १४ मा पुग्दा झन् बढाएकी हुन् । यस्तै उपप्रमुखमा गठबन्धनका चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएर अग्रता लिँदा एमाले-राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङले १८ हजार ४०१ मत ल्याएर पछ्याइरहेकी छन् ।