जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज साह विजय नजिक


९ जेष्ठ २०७९, सोमबार
janakpur manoj kumar sha

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह जीत नजिक पुगेका छन् । नेपाली कांग्रेसको वागी उम्मेदवारको रुपमा रहेका साहले गृह वडासहित दुईवटा वडाको गणना भइरहँदा मनोजले १२ हजार २८३ मत ल्याएका हुन् । उप-महानगरपालिकामा रहेको २५ वडामध्ये २३ वटा वडाको मतगणना सम्पन्न भएको हो ।

उनका निकटत्तम प्रतिद्वन्द्वीको रुपमा नेकपा एमालेका शिवशंकर साहले ९,३०३ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार १६ मत ल्याएका हुन् । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका लालकिशोर साहले ४,८०६ मतसहित चौथो स्थानमा झरेका छन्। लालकिशोर निवर्तमान मेयर हुन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ३,७३४ मतसहित पाँचौँ स्थानमा रहेका छन् । उपमेयरतर्फ गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवारी दिएका किशोरी साह १४ हजार ८३२ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झा १० हजार ५३४ मतसहित दोस्रो स्थानमा रहेकी छन् । यस्तै, निवर्तमान उपमेयर लोसपाकी रिताकुमारी मिश्र ५,२५४ मतसहित तेस्रो स्थानमा रहेकी छन् । अन्तिम परिणाम अबेर साँझसम्म आउने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७