भक्तपुरमा सरकारी जग्गा बेच्न खोजेको आरोपमा दुई जना पक्राउ


१३ जेष्ठ २०७९, शुक्रबार
2 thag aLsAMKaPRi

भक्तपुर । सरकारी जग्गा बैना गरी बेच्न लागेको आरोपमा प्रहरीले दुई जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् ।

उनीहरुले भक्तपुर साविक सुडाल गाविस-४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसँग अनुमति नलिई अनुमति लिएको छौं भनी झुक्याएको खुलेको छ । साथै, किता नम्बर ३९९ क्षेत्रफल (०-४-०-०) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत ५ करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको प्रहरीले जनाएको छ ।

सो सम्बन्धी खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका-१० मालपोत गेटबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७