प्रहरीका १७ एसएसपी डीआईजीमा सिफारिस : एक नम्बरमा वसन्त कुवँर, दोस्रोमा टेकप्रसाद राई


८ असार २०७९, बुधबार
DIG Nepal Police

काठमाडौं : गृह मन्त्रालयले १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

एक नम्बरमा वसन्त कुवँर सिफारिस भएका छन् । यस्तै, २ नम्बरमा टेकप्रसाद राई सिफारिस भएका छन् ।

यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका वसन्त पहिलो नम्बरमा सिफारिस भएका छन्। बढुवा सूचीमा चार जना महिला एसएसपी पनि अटाएका छन्। 

अन्यमा क्रमश: अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् । 

DIG Nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७