‘क्विक रेस्पोन्स’ का ललितपुर महानगर प्रहरीलाई विद्युतीय स्कुटर


५ श्रावण २०७९, बिहीबार
scoter

ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी ‘क्विक रेस्पोन्स टिम’ ले पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । आज (बिहीबार) नगर प्रहरीले एक कार्यक्रम आयोजना गरी पाँच वटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी दिएको हो । महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गरेका छन् । उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गरे । उनले क्विक रेस्पोन्स टिमलाई यी बाइक महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताए ।

उनले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्व राख्ने भएकोले सानो काम भए पनि महत्वपूणर् काम गरेको उल्लेख गरे । पाटन शहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्व पनि त्यत्तिकै हुने भएकोले सीसीटीभी जडानको काम भइरहेको बताए ।

प्रमुख महर्जनले महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने काम भइरहेको बताएका छन् । उनले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुनेपनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७