मिलमा विद्युत सर्ट भई करेन्ट लाग्दा एकको मृत्यु, एक घाइते


१० श्रावण २०७९, मंगलवार
current

पाँचथर । पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका-२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूणर्कुमार मगर घाइते भएका छन् ।

सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पुर्‍याउना साथ जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका पूणर्कुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले हालै मात्र घरमा उक्त मिल जडान गरेको स्थानीयवासीले बताएका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार भई झिनो मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७