नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प


२१ श्रावण २०७९, शनिबार
earthquake

काठमाडौँ । आज (शनिबार) बिहान ५ः२६ बजे भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो । मानवीय र भौतिक क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन । यसअघि गत आइतबार खोटाङको मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसबेला खोटाङ र छिमेकी भोजपुर ६ घर भत्किनुका साथै अन्य ५० घरमा क्षति पुगेको थियोे ।

त्यस्तै गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स-साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७