काठमाडौंको नागार्जुनमा हराएका व्यक्ति मृत फेला
काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित मकैबारीमा एक स्थानीय मृत फेला परेका छन् ।
नागार्जुन नगरपालिका-७, रामकोटका ४० वर्षीय नवराज गिरी मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।