मंसिर २३ गतेभित्र कृषि र गैरकृषि जग्गा छुट्याउन पालिकाहरुलाई मन्त्रालयको पत्र


३१ श्रावण २०७९, मंगलवार
jagga 5

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदो मंसिर २३ गतेभित्र जग्गालाई कम्तीमा कृषि तथा गैरकृषिको रूपमा वर्गीकरण गर्न सबै पालिकालाई आग्रह गरेको छ ।

मन्त्रालयले आज (मंगलवार) विज्ञप्ति निकालेर पालिकास्तरमा नै गठन भएका भू-उपयोग परिषदबाट निणर्य गरेर आउँदो मंसिर २३ गतेसम्म कृषि तथा गैरकृषि जग्गाको वर्गीकरण गर्न आग्रह गरेको छ । नयाँ भू-उपयोग नीति र नियमावली जारी भइसकेपछि जग्गा किनबेचका लागि कृषि र गैरकृषि कुन हो भनेर वर्गीकरण अनिवार्य गरिएको छ ।

तर पालिकाका भू-उपयोग परिषद्ले वर्गीकरण नगर्दा किनबेचमा समस्या भएको गुनासो आएको छ ।
नापी विभागले ७५३ वटै पालिकाको भू-उपयोग नक्सा, त्यसको विद्युतीय अभिलेख वा तथ्याङ्क तयार गरी सम्बन्धित पालिकालाई हस्तान्तरण गरिसकेको जनाएको छ । पालिकाले त्यही नक्सा तथा तथ्याङ्कको प्रयोग गरी भू-उपयोग क्षेत्र छुट्याउन सक्नेछन् ।

सरकारले नयाँ भू-उपयोग नीति र निर्देशन जारी गरेर जग्गालाई कृषि, गैरकृषि, औद्योगिक लगायत १० प्रकारमा वर्गीकरण गरेको छ । कृषियोग्य जग्गालाई अरू प्रयोजनका लागि कित्ताकाट गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७