राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक राष्ट्रिय सभामा पेश


१२ भाद्र २०७९, आईतवार
ganesh prasad timilsina scaled

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाको आइतवारको बैठकमा पेश भएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा गृहमन्त्री खाँणले उक्त प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । त्यसक्रममा राष्ट्रपतिले संसद्लाई ८ पृष्ठ लामो सन्देश लेखेकी थिइन् ।

प्रतिनिधिसभाले भदौ २ गतेको बैठकबाट विधेयकलाई जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको विधेयकको सन्देश राष्ट्रिय सभाको आइतबारको पहिलो बैठकमा वाचन गरिएको थियो । विधायन व्यवस्थापन समितिले विधेयकमा संशोधन गर्ने वा जस्ताको तस्तै पारित गर्नुपर्ने प्रतिवेदन राष्ट्रिय सभालाई दिनेछ । त्यसपछि विधेयक राष्ट्रिय सभामा निणर्यार्थ प्रस्तुत हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७