७३ वर्षीय वृद्धबाट दुई बालिका बलात्कृत, एक जना गर्भवती


३१ भाद्र २०७९, शुक्रबार
Rape for nayapage

झापा । झापामा एक ७३ बर्षीय वृद्ध व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ ।

ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिलमनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक-पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७