सिट बाँडफाँटका लागि गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै
काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेतासहित सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बैठक बिहान १० बजेपछि बस्ने जनाइएको छ ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभामा पाँच दललाई सिट बाँडफाँटबारे छलफल गरेर निर्णय गर्ने तयारी छ । समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएपछि गठबन्धनले छलफल गर्न लागेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आपसमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलबीच निरन्तर छलफल भइरहे पनि अहिलेसम्म टुंगोमा पुग्न सकेका छैनन् ।