कांग्रेसलाई माधव नेपालको प्रश्न : यो देश तपाईहरूको ‘विर्ता’ हो ?


५ आश्विन २०७९, बुधबार
madhav nepal
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसप्रति आक्रोशित पोखेका छन् ।

कांग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए । गठबन्धनको सिट बाँडफाँडको छलफलमा कांग्रेसले देश नै आफ्नो बिर्ता जस्तो ठानेको उनको भनाइ छ ।

‘पाँच दलीय गठबन्धनमा छलफल चलिरहेको छ । कुन दलले कति सिट लिने ? नेपाली कांग्रेसले त यो देश नै उनीहरूको पेवा जस्तो ठानिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘उनीहरूकै विर्ता भए जस्तो । आज त सुनाइ दिएँ, मैले यो तपाईंहरूको विर्ता हो ?’ अहिले चुनाव कसरी जित्ने भन्नेमा आफूहरू केन्द्रित रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७