दार्चुलाको महाकाली र नौगाड संकटग्रस्त क्षेत्र घोषणा, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


९ आश्विन २०७९, आईतवार
deuwa cabinet
फाइल फोटो

काठमाडौं । सरकारले वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै बैठकले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९/०८० का लागि अधिकृतस्तरका कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

क्यानडाको ओटावामा २०७९ साल असोज १९ देखि २० गतेसम्म आयोजना हुने डिजिटल समीटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृति दिएको छ ।

दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७