मनाङमा असोजमै हिमपात, सतर्कता अपनाउन आग्रह


२० आश्विन २०७९, बिहीबार
snow manang

मनाङ । मनाङमा असोज महिनामै (बिहीबार) हिमपात भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नार्पा भूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका केही स्थानमा हिमपात भएको हो ।

मनाङमा गएको मंगलबारदेखि निरन्तर वर्षा भइरहेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार वर्षासँगै उच्च भेगमा हल्का हिमपात भएको छ । ती दुई गाउँपालिकाका बस्तीमा समेत सामान्य हिमपात भएको उनले जानकारी दिए । ‘वर्षासँगै सामान्य हिमपात भएको हो । जनजीवन नियमित छ, प्रभावित भएको छैन’, उनले भने ।

मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन समेत भएकाले पर्यटक, पदयात्रीलाई मौसम र बाटोको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । स्थानीयलाई समेत सतर्कता अपनाउन भनिएको प्रजिअ आचार्यले बताए ।

‘पर्यटक, पदयात्री कोही अलपत्र परेको भए प्रहरी कार्यालय वा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयमा सम्पर्क गर्न हामीले भनेका छौँ’, उनले भने । प्रशासनले सम्बन्धित कार्यालय र सरोकारवालालाई पूर्व सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

309384767 1633751067020078 7049143902149884793 n1665048316

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७