कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीले गर्‍यो ‘क्लिन स्विप’


७ मंसिर २०७९, बुधबार
Nagarik unmukti kailali

कैलाली । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले ‘क्लिन स्विप’ गरेको छ । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र २ वटा प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधि सभा सदस्यमा यसअघि नै गंगाराम चौधरी निर्वाचित भइसकेका छन् ।

प्रदेश सभातर्फको (१) मा घनश्याम चौधरी विजयी र २ मा पनि नागरिक उन्मुक्ति पार्टीका खुशीराम चौधरी विजयी भएका हुन् । प्रदेश सभा १ मा विजयी भएका चौधरीले १३ हजार ९ सय २३ मत ल्याउँदै निकट्तम प्रतिस्पर्धी कांग्रेसका खेमराज डंगौरा थारुलाई पराजित गरेका हुन् । थारुले ११ हजार ५ सय ७२ मत ल्याए ।

यस्तै, प्रदेश सभा (२) मा विजयी भएका चौधरीले ७ हजार ५ सय ३९ मत ल्याउँदै निकट्तम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका अमर साउँदलाई पराजित गरे । साउदले ६ हजार ६ सय १९ मत पाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७